Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

ताजा अपडेट

   

समुदायमा कांग्रेस अभियान : अछाममा ९१ वटै वडामा प्रतिनिधि परिचालन

मंगलसेन - समुदायमा कांग्रेस अभियान सञ्चालनका लागि अछाममा दश वटै स्थानीय तहका ९१ वडामा प्रतिनिधि परिचालन गरिएको छ । कांग्रेस जिल्ला कार्यसमितिको आज बसेको बैठकले उनीहरुलाई परिचालन गर्ने निर्णय गरेको हो ।

कांग्रेस अछामका जिल्ला सभापति पुष्पबहादुर शाहको सभापतित्व तथा पार्टीका सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बीका चलाउनेको प्रमुख आथित्यतामा सम्पन्न बैठकले यहीं माघ १६ गते देखि २६ गतेसम्म सञ्चालन हुने समुदायमा कांग्रेस अभियान सफल पार्न स्थानीय तहमा रहेका पार्टीका वडा कार्यसमिति सँग समन्वय गरी कार्यक्रम सफल पार्न कांग्रेस अछामका क्षेत्रिय सभापतिहरु, प्रदेश सभाका क्षेत्रिय सभापतिहरु, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधिहरु, गाँउ कार्यसमिति पदाधिकारीहरु र प्रदेश कार्यसमिति पदाधिकारीहरु लगायतलाई प्रतिनिधिका रुपमा परिचालन गरिएको कांग्रेस अछामका प्रवक्ता पदम बहादुर शाहले जानकारी दिनुभयो।

प्रवक्ता शाहका अनुसार समुदायमा कांग्रेस अभियानका क्रममा समुदाय स्तरका वर्तमान समस्या र त्यसको निकाश तथा पार्टीको संगठन सुदृढिकरण लगायतका बिषयमा गाँउ स्तरका कार्यक्रता सँग ब्यापक छलफल गर्ने तयारी भइरहेको छ । अभियानको तयारी स्वरुप बसेको जिल्ला कार्य समितिको बैठकमा ९१ जना बढीको उपस्थीति रहेको थियो ।

जसमा जिल्ला कार्यसमितिका सदस्य, पार्टीका स्थानीय तहका सभापतिहरु, क्षेत्रिय सभापति, प्रदेशसभा क्षेत्रिय कार्यसमिति सभापति, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, कांग्रेसबाट निर्वाचित विभिन्न स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थीति रहेको पनि प्रवक्ता शाहले बताउनु भएको छ।


 

प्रतिकृया दिनुहोस