Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

ताजा अपडेट

   

दर्जाकोट माविमा बिदाइ एवम् शुभकामना कार्यक्रम सम्पन्न 

डोटी डोटीको बोगटान फुड्सिल गाँउपालिका स्थित दर्जाकोट माध्यामिक विद्यालयमा बिदाइ एवम् शुभकामना कार्यक्रम सम्पन्न भएको छ । एसइई तयारी गरिरहेका बिद्यार्थीहरुका लागि बिदाई एंव शुभकामना सम्पन्न भएको हो । उनीहरुका लागि कक्षा ९ मा अध्ययनरत बिद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेका हुन् । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक सिह बोहराले विद्यार्थीले जीवनको लक्ष्य लिएर आफ्नो अध्ययन कार्यलाई अघि बढाएको खण्डमा सफलता मिल्ने बताउँदै  चैत १५ गतेबाट सञ्चालन हुने एसइई परीक्षामा उत्कुष्ट नतिजा हासिल गर्न लगनसिल भएर मिहेनत गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ । 

यसैगरी विद्यालयका  प्रधानाध्यापक हर्क बहादुर बोहराले विद्यार्थीहरुको नतिजाले नै शैक्षिक गुणस्तरको मापन हुने बताउँदै आगामी एसइई परीक्षामा विद्यार्थीहरुलाई उत्कृष्ट नतिजा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । विद्यार्थीहरुको कुनै पनि विषयमा हुने समस्याहरुलाई विषयगत शिक्षकहरुले समाधान गर्ने र शिक्षकहरुको सधैं सद्भाव रहने पनि बताउनुभयो । 

उहाँले विद्यार्थी जीवनमा हरेक किसिमका समस्याहरु आउने बताउँदै उक्त समस्याहरुसँग पछि हटेर नभई समस्याको समाधान गरेर अगाडि बढ्न सके जीवनको लक्ष्यमा पुग्न सकिने उल्लेख गर्नुभयो । 

विद्यार्थी जीवनमा शिक्षकहरु, साथीहरु विच एकताबद्ध भएर आफ्नो अध्ययन कार्यलाई निरन्तर रुपमा अगाडि बढाउन सके सोचे अनुसारको नतिजा प्राप्त हुने बताउँदै सबै विद्यार्थीहरुलाई एसइई मा सफलताको शुभकामना व्यक्त गर्नु भयो । 

त्यस्तै गरी  होस्टेल इन्चार्ज टेक बोहराले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कक्षा नौका विद्यार्थीहरुले कक्षा दशका विद्यार्थीहरुलाई विदाई एवम् शुभकामना कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै निकट भविष्यमा यसै गरी सबै विद्यार्थीहरुलाई कक्षा ११ मा स्वागत एवम् बधाई कार्यक्रम गर्न पाइयोस भन्ने अपेक्षा रहेको बताउनुभयो । 

बालबाटिका बाल क्लबका उपाध्यक्ष राम रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कापी, कलम वितरण गरिनुका साथै विविध सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको कार्यक्रममा कक्षा नौ विद्यार्थी रिया परियार र बिनिता बोहराले कार्यक्रम सञ्चालन गरेका थिए भने विद्यालयका लेखापाल सिताराम बिनाडीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस