बृहत यौनीकता शिक्षाबारे प्रशिक्षण दिन अछामका दश विद्यालयलाई प्रोजेक्टर वितरण
बृहत यौनीकता शिक्षाबारे सचेतना जगाउने उद्देश्यका साथ अछाम जिल्लाका दश वटा विद्यालयमा स्मार्ट प्रोजेक्टर वितरण गरिएको छ ।
शुक्रवार मंगलसेनमा आयोजित सभा मार्फत छनौटमा परेका विद्यालयहरुलाई प्रोजेक्टर हस्तान्त्रण गरिएको हो । कोइका, युएनएफपीए, युनेस्को, युएनओमन, मेरी स्टोप र सुनौलो परिवार नेपाल लगायतका संस्थाहरुको पहलमा प्रोजेक्टर वितरण गरिएको थियो ।
जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोपबहादुर रावलको अध्यक्षतामा सम्पन्न समारोहमा सहभागि प्रोजेक्टर वितरणमा सहभागि सरोकारवालाहरुले बृहत यौनिकता शिक्षा बारे जानकारी गराउनका लागि प्रोजेक्टर मार्फत सिकाइने क्रियाकलापले राम्रो प्रभाव पार्ने भन्दै खुसी व्यक्त गरेका थिए ।
उनीहरुले वितरण गरिएका प्रोजेक्टरहरुको सही सदुपयोगका लागि समेत आग्रह गरेका छन् ।
समारोहमा सहभागि जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल, जिल्ला शिक्षा समन्वय इकाईका डम्मर रावल, युएनएफपीएका प्रतिनिधि भरत गोतामे, युनेस्कोका प्रतिनिधि जनक भट्ट लगायतले आफ्नो धारणा राख्दै प्रविधिको विकाससँगै बृहत यौनिकता शिक्षाबारे सहजीकरण गर्न नयाँ अभियानको थालनि गरिएको भन्दै सबैतिर यस्तै रचनात्मक योजनाको पहुच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागि १० वटै विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुलाई स्मार्ट प्रोजेक्टर प्रयोगको विधिबारे पनि प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमको सहजीकरण मेरी स्टोप सेन्टरका उर्सुला सिंहले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस