Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

ताजा अपडेट

   

मंगलसेन नगरपालिकाद्धारा गाउँमै पुगेर अपांगता परिचयपत्र वितरण

अछाम- अछामको मंगलसेन नगरपालिकाले नगर भित्रका अपाङ्गता भएका व्यक्तिको पहिचान गरी गाउमै अपाङ्ग परिचय–पत्र बितरण थालेको छ ।

मंगलसेन नगरपालिकाको बर्षको एक पटक घरदैलो सेवा अन्र्तगत नगर उप–प्रमुख संगिता रावल सोडारी सहीतको टोलीले बुधबार मंगलसेन नगरपालिका वाडा नम्बर १०, ११, १२ र १४ का ५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई टोलमै गएर परिचय पत्र बितरण गरेको हो ।

टोलिमा नगर उप– प्रमुख सोडारी, अछाम अस्पतालका डाक्टर अनमोल थापा, मंगलसेन नगर पालिका महिला बालबालिका तथा जेष्ठ नगरीक शाखा प्रमुख मंन्जु महत, अपाङ्ग समुन्वय समिति नगर अध्यक्ष रुद्ध बिक, पत्रकार नरेन्द्र रावलको सहभागीता रहेको थियो ।

यसैगरी नगर उप–प्रमुख सोडारीको टोलीले केही दिन अगाडी मंगलसेन नगरपालिका १३ बस्तिमा पनी ५ जना अपाङ्गता भएका व्यक्तिको पहिचाको अधारमा अपाङ्गता परिचय पत्र बितरण गरेको थियो ।

आफुहरुलाई नगरको टोलिले गाउमै आएर परिचय पत्र बितरण गरेकोमा धेरै राहात भएको मंगलसेन नगरपालिका वाडा नम्बर १२ की प्रेणा तिरुवाले बताउनु भयो ।

प्रतिकृया दिनुहोस