Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

ताजा अपडेट

   

ढकारीको बुढासैनमा मनाइयो अन्तराष्ट्रिय महिला दिवस 

मंगलसेन । अछामको ढकारी गाँउपालिका वडा नम्बर ३ मा ११४ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा औपचारीक कार्यक्रम गरिएको छ । वडाध्यक्ष चन्द्र बहादुर बुढाको अध्यक्षतामा वडा कार्यालय बुढासैनमा भएको कार्यक्रम ढकारी गाँउपालिकाका उपाध्यक्ष नेत्रकला देबी शाहीको प्रमुख आथित्यतामा भएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले महिलाको अधिकारका लागि गाँउ गाँउमा जागरण ल्याउनु पर्ने बताउनु भएको छ । त्यसका लागि अब सबै महिलाहरु एकजुट भएर महिलाहरुको जिवनस्तर माथि उठाउने गरी मानवीय बिकासमा जोड दिनुपर्ने बताउनुभयो । यसमा स्थानीय सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ । 

कार्यक्रममा बिशिष्ठ अतिथिका रुपमा बोल्दै कार्यपालिका सदस्य इन्द्रादेबी बुढाले बिगत भन्दा महिलाहरु धेरै जागरुक भइसकेको भन्दै खुसी ब्यक्त गर्नुभयो । अब थप जागरुकताका लागि अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्यहरु पदम बहादुर बुढा, जगत बहादुर बुढा र ललिता नेपालीले महिलाको हकहितका लागि सरकारको मुख ताकेर मात्र नहुँने भन्दै गाँउ स्तरबाट पनि जागरण ल्याउनुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा पूर्व वडासदस्य गौरा बुढा, गौरीशंकर आधारभूत विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष पूर्ण बहादुर बुढा, मिलिजुली कृषक समूहका अध्यक्ष कमला कुमारी बुढा, ढकारी प्रहरी चौकिका हवल्दार आनन्द प्रसाद जोसी लगायतले मन्तब्य राखेको त्यहाँबाट अनेरास्वबियु जिल्ला कमिटी सदस्य टेक बहादुर बुढाले जानकारी दिनु भएको छ । उहाँका अनुसार लक्ष्मी देबी बुढाले सञ्चालन गर्नु भएको कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धीजीबि, महिला, दलित र स्थानीयहरुको उपस्थीति रहेको थियो । 

प्रतिकृया दिनुहोस