Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

ताजा अपडेट

   

जेसिज अछामको पदस्थापना कार्यक्रम मंगलसेनमा सम्पन्न

युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा जेसिजले कामगर्नु पर्ने नगर उप प्रमुख रावलको सुझाव

मंगलसेन - जेसिज अछामको पदस्थापना कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । ११ औ जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुको एक कार्यक्रमका विच पदस्थापना गरिएको हो ।

अधिवेशन बाट फलेन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा नया समिति चयन गरिएको छ । समितिको कार्यकारी उपाध्यक्षमा मनकला न्यौपाने, जितमान बोहरा, महासचिवमा झनक अधिकारी, कोषाध्यक्ष हिकमत नेपाली, कानुनी सल्लाहाकार शिवराज ढुंगाना, उपाध्यक्षमा सविता जोशी, सरिता बिष्ट, सचिवमा सुर्य परियार लगायतका पदाधिकारी रहेका छन ।

अछाम जेसिज बर्ष २०२३ का अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाले अछाम जेसिजले समाज रुपान्तरणका क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

अछाम जिल्लामा आफ्नो स्थापना काल देखिनै विभिन्न किसीमका रचनात्मक कार्यहरु गर्दै आएको यो संस्थालाई आगामी दिनमा नगरपालिकाका अन्य कार्यक्रममा समेत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । योग्यता र क्षमता भएका युवाहरु यो जेसिजमा आवद्ध भएकाले युवाहरुको त्यो क्षमतालाई समाज विकासमा परिचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथिको आशनबाट बोल्दै नगरपालिकाका निवर्तमान उप प्रमुख सरिता उपाध्यायले आफ्नो कार्यकालमा पनि जेसिज अछाम संगको सहकार्यमा थुप्रै सामाजिक कार्यहरु गरेकाले यसलाई थप चलायमान बनाउना आवश्यक रहेको बताउनुभयो । यसको संजाल जिल्ला भरी फैलाएर लगेको खण्डमा जेसिजको गरिमा बढेर जाने उहाको भनाई थियो ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट, वडा न ४ का अध्यक्ष नाम सिं धामी, उद्योगबाणिज्य संघ अछामका कार्यबाहक अध्यक्ष बम बहादुर रावल, अछाम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धु्रब कुमार शाही, नागरिक समाज अछामका अध्यक्ष शंकर बहादुर रावल, अछाम जेसिज बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाही, बर्ष २०२० का अध्यक्ष तुलाराम बिसि लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष झनक अधिकारीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन कोषाध्यक्ष मनकला न्यौपानले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस