Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

ताजा अपडेट

   

अखिल क्रान्तिकारी पुर्बी अछामको १७ औं जिल्ला सम्मेलन सम्पन्न

अछाम-नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) पुर्बी अछामको १७ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

शुक्रबार जिल्लाको विनायकमा भएको सम्मेलनले कमला सी अध्यक्ष रहने गरी ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा भुपाल सी र दिनेश सी, सचिवमा नविन सी र किरण सी, सह–सचिवमा भिम सी र पवित्रा सी, कोषाध्यक्षमा भावना सी लगायतका अन्य पदाधिकारी रहेका छन् ।

सम्मेलनको प्रमुख अतिथीमा नेपाल कम्युनिस्ट पाटी अछाम जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य मिना सी रहनुभएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सीले अखिल क्रान्तिकारीले विद्यार्थीको हकहितका लागि आन्दोलनको मुल नेतृत्वदायी भुमिका खेल्दै आएको बताउनु भएको छ ।

विद्यार्थी आन्दोलनको लामो विरासत बोकेको संगठन अखिल क्रान्तिकारी नै भएको बताउदैं सोही अनुरुप नवनिर्वाचित पदाधिकारीलाई अगाडि बढ्न आग्रह समेत गर्नुभयो । विद्यार्थी संगठनहरुले अन्यायका विरुद्ध आवाज उठाउँदै शिक्षा क्षेत्रमा भएका दलालिकरण, व्यापारिकरणका साथै विकृती विसंगतिका विरुद्ध एक ढिक्का भएर आवाज उठाउनुपर्ने कुरामा समेत उहाँले जोड दिनुभयो ।

सम्मेलनमा पार्टीका जिल्ला सचीव चट्टान सि, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज दिपेन्द्र सि, युवा संघ संगठन नेपालका केन्द्रिय सदस्य कुमार सि, पार्टीका जिल्ला सदस्य तिलक सी, निर्मल सी, यकेन्द्र सि लगायतको उपस्थिति रहेको थियोे ।

१७ औं जिल्ला सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज दिपेन्द्र सीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी पश्चिम जिल्ला अध्यक्ष एकेन्द्र सिले गर्नुभएको थियोे ।

प्रतिकृया दिनुहोस