Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

ताजा अपडेट

   

युवाहरुका लागि पाँच दिने जीवन उपयोगी सिप सम्बन्धि तालिम मंगलसेनमा सुरु

मंगलसेन - युवाहरुका लागि पाँच दिने जीवन उपयोगी सिप सम्बन्धि तालिम बुधवारबाट मंगलसेनमा सुरु भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा वाक नेपाल पावर परियोजनाको आयोजना तथा मंगलसेन नगरपालिकाको सहकार्यमा संचालित तालिमको आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो ।

वाक नेपालका सदस्य सुरत खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी मंगलसेन नगरपालिकाका उपप्रमुख संगीता रावल सोडारी रहनु भएको थियो भने विशिष्ट अतिथि नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख सोडारीले तालिम प्राप्त गरि सकेपछि व्यावसायिक बन्न सके मात्र सिकेको सिपको औचित्यता रहने बताउनु भएको छ । विभिन्न संघसंस्थाको सहयोगमा नगरपालिकाले दर्जनौ तालिम संचालन गरेपनी यसको उपलब्धी भने अपेक्षाकृत रुपमा हुन नसकेको उहाँले बताउनुभयो । जिबनलाई सहज र सम्मानित बनाउन युवाहरुले उद्दमी बन्नुपर्ने उहाँको भनाई छ ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सोडारीले पनि दर्जनौको संख्यामा सिपमुलक तालिम प्रदान भई रहेपनी जिल्लामा एउटा पनि उद्योग संचालन हुन नसक्नु दुखद रहेको भन्दै अब त्यस्तो समस्या दोहोरिन नहुने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष बृख बहादुर बोगटी, वडा नम्बर ५ का वडाध्यक्ष झंकर बहादुर भाट, वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द प्रसाद भण्डारी, वडा नम्बर ७ का वडाध्यक्ष राज बहादुर शाही, वडा नम्बर ४ का कार्यबाहक वडाध्यक्ष नैन बहादुर बिकले शुभकामना मन्तव्य राख्दै सीप सिकेर व्यावसायिक रुपमा सफल बन्न सहभागीलाई आग्रह गरेका छन् । सीप सिकेर त्यसलाई सफल रुपमा प्रयोगमा ल्याउन सके मात्र त्यसको प्रतिफल प्राप्त गर्न सकिने उनिहरुको भनाई छ ।

तालिममा मंगलसेन नगरपालिका वडा नम्बर ३ देखि ७ सम्मका ३१ जनाको सहभागीता रहेको छ । तालिम यही फागुन ६ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस