Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

ताजा अपडेट

   

घोडासैनमा सकियो बालविवाह विरुद्ध म बोल्छु बहस

पबित्रा खड्का । 
कमलबजार  ।  अछामको कमलबजार नगरपालिका वडा नं १० घोडासैनमा बालविवाहका विरुद्ध म बोल्छु बिषयक एक दिने रेडियो बहस सम्पन्न भएको छ । 

वडाध्यक्ष भिम बहादुर बिष्टको अध्यक्षतामा बहस सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले बालविवाह अन्त्य र्गनको लागि रात दिन नभनेर आफु बालक्लबका भाइ बहिनीहरु सँगै अभियानमा लाग्दा पनि बालविवाहमा कमि ल्यान नसकेको बताउनु भएको छ । 

अहिले वडाको जनप्रतिनिधि लागिरहेको र पहिलेको भन्दा अहिले बालविवाहमा केहि सुधार भएको बताउनु उहाँको भनाई छ । अन्य अथितीमा कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख डम्बरा साँउद, ईलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र सिहं जोहारी, रेडियो कमलबजारका प्रमुख पबित्रा खड्का, दलित, महिला र बिद्यार्थीहरुको समेत उपस्थीति रहेको कार्यक्रमको संचालन सामुदायिक मनोसामानि कार्यक्रता संयोजक कल्पना देबकोटाले र्गनु भएको थियो ।

उक्त कार्यक्रममा म बालविवाह गर्दिन म बालविवाह गरेको सहन्न अरु कसैले गरेको देखेमा पनि चुप लागेर बस्दिन भन्ने विषयमा प्रतिबद्धता तथा हस्ताक्षर संकलन गरिएको थियोे । कार्यक्रमको प्रशिक्षण इलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र जोहारीले दिनु भएको थियो ।  

प्रतिकृया दिनुहोस